२८ फाल्गुन २०८२, बिहीबार

अर्थतन्त्र

सुनचाँदीको मूल्यमा भारी गिरावट

सुनचाँदीको मूल्यमा भारी गिरावट

नेपाल । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर नेपाली बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आइतबार दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यको मूल्यमा रु छ हजार ९००ले गिरावट आएको छ । आज एक तोला सुनको मोल रु दुई लाख ४२ हजार ८०० निर्धारण भएको छ । शुक्रबार एक तोला सुन रु दुई लाख ४९ हजार ७०० मा किनबेच भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि रु १५० ले घटेको छ । आज चाँदी प्रतितोला रु तीन हजार १३५ मा कारोबार भयो । गत शुक्रबार त्यति नै परिमाणको चाँदी रु तीन हजार २८५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भएको थियो ।...
तीन महिनामा भित्रियो पाँच खर्ब ५३ अर्ब ३१ करोड रेमिट्यान्स

तीन महिनामा भित्रियो पाँच खर्ब ५३ अर्ब ३१ करोड रेमिट्यान्स

नेपाल । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२–८३ को असोज महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह ३५ दशमलव चार प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ५३ अर्ब ३१ करोड पुगेको हो । गत असोज महिनामा मात्र रु दुई खर्ब एक अर्ब २२ करोड विप्रेषण आप्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु छ खर्ब १० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु चार खर्ब ४३ अर्ब ७६ करोड रहेको थियो । पछिल्लो तीन महिना अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगततर्फ अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख २३ हजार ४५९ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या ७७ ह...
नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल । नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो । भारतबाट डिजेल प्रतिलिटर ६.५३ पैसा मूल्य बढेर आए पनि ३ रुपैयाँ मात्रै मूल्य बढाएको हो । पेट्रोल भारतबाट २.५४ रुपैयाँ मूल्य वृद्धि भएर आएको छ ।  ...
विदेशी लगानीकर्तासँगको समन्वयलाई प्रभावकारी बनाउन फोकल युनिट स्थापना

विदेशी लगानीकर्तासँगको समन्वयलाई प्रभावकारी बनाउन फोकल युनिट स्थापना

नेपाल । अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थासँगको समन्वयलाई प्रभावकारी बनाउन फोकल युनिट स्थापना गरेको छ । विदेशी लगानीकर्ताका लागि गर्नुपर्ने सहजीकरण तथा समन्वय र अन्य मन्त्रालय तथा निकायसँग विदेशी लगानीका विषयमा समन्वय सुदृढ गर्न अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत युनिट स्थापना गरिएको हो । विदेशी लगानीकर्ताका लागि मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध हुने बैङ्किङ तथा राजस्वसँग सम्बन्धित विषयमा यस युनिटले आवश्यक समन्वय गर्ने मन्त्रालयका सहसचिव एवं प्रवक्ता टङ्प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।...
नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको प्रक्षेपण

नेपाल । विश्व बैंकले जेनजी आन्दोलन र त्यसपछिको राजनैतिक अस्थिरताको प्रभावले नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको छ । २०२५ मा नेपालको आर्थिक वृद्धि ४.६ प्रतिशत हुने प्रक्षेपण गरेकोमा २०२६ मा घटेर २.१ प्रतिशतमा झर्ने विश्व बैंकको पछिल्लो आर्थिक प्रतिवेदनको प्रक्षेपण छ । आर्थिक वर्ष २०२७ मा भने पुनर्निर्माणका प्रयासमा हुने प्रगतिले आर्थिक वृद्धिदर ४.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । बिहीबार सार्वजनिक भएको नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदनकाअनुसार सबैभन्दा बढी सेवा क्षेत्र प्रभावित हुनेछ । यद्यपि, यो प्रक्षेपण अझै पनि अनिश्चित रहेको छ । राजनैतिक परिवर्तनको सफलता र दिगो सुदृढ आर्थिक व्यवस्थापनको प्रत्याभूतिले लगानीकर्तालाई प्रोत्साहित र आर्थिक सुधारलाई गति दिन सक्नेछ । नकारात्मक पक्षको रूपमा भने निरन्तरको अनिश्चितताले लगानीकर्तालाई निरुत्साहित गर्नसक्ने पनि अनुमान गरिएको छ । “व्याव...
टोयोटाले अमेरिकामा १० अर्ब अमेरिकी डलरको लगानी गर्ने घोषणा

टोयोटाले अमेरिकामा १० अर्ब अमेरिकी डलरको लगानी गर्ने घोषणा

अमेरिका । जापानको प्रतिष्ठित अटोमोबाइल कम्पनी टोयोटाले संयुक्त राज्य अमेरिकामा १० अर्ब अमेरिकी डलरको लगानी गर्ने घोषणा गरेको छ । यो लगानी योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एसियाली भ्रमणका क्रममा गरिएको प्रारम्भिक टिप्पणीको पुष्टि हो । गत अक्टोबर महिनामा अमेरिकी राष्ट्रपति ट्रम्पले टोकियो भ्रमणका क्रममा टोयोटाका प्रमुख कार्यकारी अधिकारी (सिइओ) एकियो टोयोडासँगको भेटपछि उक्त लगानी योजनाको उल्लेख गर्दै ‘उनीहरूले १० अर्ब डलर खर्च गर्न जाँदै छन्, नयाँ कार प्लान्ट निर्माण गर्न लाग्दै छन् र यो विभिन्न अमेरिकी राज्यमा हुनेछ’ भनेर बताउनुभएको थियो । तर त्यति बेला टोयोटाका वित्त प्रमुख केन्टा कोनले ‘१० अर्ब डलरको यो तथ्याङ्क पुष्टि गर्न कठिन’ भएको भन्दै राष्ट्रपति ट्रम्पका टिप्पणीबारे प्रत्यक्षरूपमा कुनै टिप्पणी गर्नुभएको थिएन । बिहीबार जारी गरिएको विज्ञप्तिमा कम्पनीले भने आगामी पाँच वर्षभित...
विद्युत् लाइन काटिएका सबै उद्योगमा विद्युत् आपूर्ति सुचारु

विद्युत् लाइन काटिएका सबै उद्योगमा विद्युत् आपूर्ति सुचारु

नेपाल । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका कारण विद्युत् लाइन काटिएका सबै उद्योगमा विद्युत् आपूर्ति सुचारु भएको छ । प्राधिकरणले निर्धारण गरेको कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता भुक्तान गरेपछि उद्योगमा विद्युत् आपूर्ति नियमित गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पछिल्लो पटक बक्यौता विवादका कारण २५ उद्योगको लाइन काटिएको थियो । तीमध्ये तीन उद्योगले नियमित महसुलसमेत नतिरेका कारण केही पहिले नै लाइन काटिएको थियो । डेडिकेटेड र ट्रङ्क लाइन महसुल बक्यौताका कारण मात्र अब कुनै पनि विद्युतको लाइन काटिएको अवस्था नरहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार काटिएका तीनमध्ये दुई उद्योग एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्ट उद्योगको नियमित महसुल नै भुक्तानी गरेका छैनन् भने उद्योग पनि पहिले नै बन्द थिए । त्यस्तै ...
फेरि बढ्न थाल्यो सुनको मूल्य, तोलाकै २ लाख ४६ पुग्यो

फेरि बढ्न थाल्यो सुनको मूल्य, तोलाकै २ लाख ४६ पुग्यो

नेपाल । स्थानीय बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । तिहारपछि निरन्तर घट्दै गएको सुनको मूल्य सोमबारदेखि पुनः उकालो लाग्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । मङ्गलबार एकै दिन तोलामा चार हजार नौ सय रुपियाँले बढेर दुई लाख ४६ हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस चार हजार १४५ अमेरिकी डलर पुगेको छ । सोमबारको तुलनामा मङ्गलबार सुनको मूल्य प्रतिऔँस ८८ डलरले बढेको छ । ...
कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक

नेपाल । कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ। ईपीएस कोरिया शाखाले सोमबार परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा मंसिर १ गतेदेखि सुरु हुने छ। सुरुमा उत्पादनमुलक क्षेत्रको परीक्षा सञ्चालन हुने छ । उत्पादनमूलकतर्फ ६७ हजार २९७ ले परीक्षा दिने छन्। परीक्षा माघ २७ गतेसम्म सञ्चालन हुने छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका शाखाले जनाएको छ । शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो। यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन् । जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३ हजार ५०० तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १ हजार ८०० उत्तीर्ण हुने अनुमान गरिएको छ । तर, कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्नेछ । एक दिनमा बढीमा ५ सिफ्ट गरी परीक्षा सञ्चालन हुने छ । दक्षिण कोरिया...
नेपालमा यसवर्ष धान उत्पादन घट्ने अनुमान

नेपालमा यसवर्ष धान उत्पादन घट्ने अनुमान

नेपाल । यस वर्ष मुलुकभर धान उत्पादन घट्ने अनुमान गरिएको छ । असोज र कात्तिकमा आएको वर्षा र बाढीका कारण धानमा क्षति पुगेकाले चारदेखि पाँच लाख मेट्रिक टन कमी आउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमान गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जानुका पण्डितले यस वर्ष धानको उत्पादनमा कमी आउने देखिएको जानकारी दिनुभयो । बेमौसमी वर्षा र डुबानका कारण पाकेको धानमा क्षति पु¥याएकाले पनि उत्पादनमा कमी आउने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । सातै प्रदेशबाट धानको तथ्याङ्क सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो । यस वर्ष मधेश प्रदेशमा सुक्खा र खडेरीका कारण किसानले समयमा धान रोप्न पाएका थिएनन् । खडेरीका कारण कम क्षेत्रफलमा धान रोपाइँ भएको र पछि आएको बैमौसमी वर्षाले धानको उत्पादन कमी आउने देखिएको मन्त्रालयले जनाएको छ ।...