३० भाद्र २०८२, सोमबार

अर्थतन्त्र

नेपालमा ११ खर्ब ९१ अर्ब रेमिट्यान्स भित्रियो, रोजगारीका लागि ६ लाख बाहिरिए

नेपालमा ११ खर्ब ९१ अर्ब रेमिट्यान्स भित्रियो, रोजगारीका लागि ६ लाख बाहिरिए

नेपाल । चालु आव २०८१–८२ को नौ महिना अर्थात चैत मसान्तसम्म ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अवधिमा रेमिट्यान्स आप्रवाह १० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत(नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ४९ हजार ६५२ रहेको छ । राष्ट्र बैंकको रिपोर्ट अनुसार अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या क्रमशः ३ लाख २७ हजार ८४२ र २ लाख ११ हजार २२६ रहेको थियो ।...
एनआरएनए अध्यक्ष डा. बद्री केसी र उर्जा मन्त्री खड्काबीच भेट, लगानीबारे छलफल

एनआरएनए अध्यक्ष डा. बद्री केसी र उर्जा मन्त्री खड्काबीच भेट, लगानीबारे छलफल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काबीच नेपालमा जलबिद्युत क्षेत्रमा गैरआवासीय नेपालीहरुको लगानी प्रवर्द्धनका विषयमा विशेष छलफल भएको छ । शुक्रवार सिहंदरवारस्थित उर्जा मन्त्रालयमा अध्यक्ष डा। केसी नेतृत्वको प्रतिनिधिमण्डल र मन्त्री खड्काबीच भएको छलफलमा जलबिद्युत क्षेत्रमा सम्भाव्य लगानीका अवसरहरू, सरकारको सहकार्य, र गैरआवासीय नेपालीहरूको भूमिकाबारे कुराकानी गरिएको थियो । भेटका क्रममा मन्त्री खड्काले एनआरएनएभित्र एकता कायम हुनुपर्नेमा जोड दिँदै, एकताले सरकारलाई सहज सहकार्य गर्न सहयोग पुर्‍याउने बताए। उनले गैरआवासीय नेपालीहरूको साझा प्रयासले मात्रै देश समृद्धितर्फ उन्मुख हुने उल्लेख गरे । अध्यक्ष डा. केसीले संस्थाभित्र उत्पन्न समस्या र विवादका कारण महत्त्वपूर्ण एजेन्डाहरू ओझेलमा पर्ने खतरा रहेकाले “एनआरएनए कन्क्लेभ २...
नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

नेपाल । नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको छ । रिभर ट्यूबिङ्गबारे अहिले धेरैको चासोको विषय बनेको छ । यो सेवामा सहभागी पर्यटकहरूलाई ठूला र बलिया रबर ट्यूबमा बसेर नदीको प्राकृतिक बहावसँगै रमाइलो गर्ने अवसर मिल्छ । नदीको छालसँग खेल्दै बग्ने यो यात्राले साहसिक अनुभूति मात्र होइन शारीरिक र मानसिक ताजगी पनि प्रदान गर्छ । विशेष गरी गर्मीयाममा चिसो पानीमा रमाउने चाहना भएका पर्यटकहरूका लागि यो सेवा उत्कृष्ट विकल्प हुन सक्छ । शुरुवती दिनमा नै ४८ जनाले रिभर ट्युबिङ सेवा लिएको थियो। ‘माझी किङ’ यमन माझी रिभर ट्युबिङ नेपालका फाउण्डर हुन । उनका अनुसार यो परियोजना नेपालमा साहसिक पर्यटनलाई अझ विस्तार गर्ने लक्ष्यका साथ सुरु गरिएको हो । उनले भने, “नेपाल...
सुमेरु सहकारीका पीडितको मागः संचालकले १५ अर्ब ६० करोड ठगि गरे, बचत फिर्ता होस्

सुमेरु सहकारीका पीडितको मागः संचालकले १५ अर्ब ६० करोड ठगि गरे, बचत फिर्ता होस्

नेपाल । सुमेरु बचत तथा ऋण सहकारी लिमिटेडका बचतकर्ताहरुले संचालकहरुले ठगि र संगठितरुपमा अपराध गरेको भन्दै कारवाहीको माग गरेका छन् । उनिहरुले आफूहरुको १५ अर्ब ६० करोड बचत संचालकको मिलेमतोमा हिनामिना गरेको भन्दै छानबिन गर्न सरकारसँग माग समेत गरेका छन् । बिहीबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सहकारी संचालकले लाखौं बचतकर्ताको अर्बौ ठगि गरेको भन्दै सरकारले फिर्ताको लागि पहल गर्नुपर्ने बताए । सरकार कडारुपमा प्रस्तुत नभएकै कारण ठगहरु खुलमखुला हिडिरहेको बताए । ‘सहकारी पीडितको बचत फिर्ताको लागि सरकारले कडारुपमा प्रस्तुत हुनुपर्छ । संचालकले संगठितरुपमा बचत अपचलन गरेका छन् । सरकारले जेलमै कोचेरै भएपनि बचत फिर्ता गर्नुपर्छ’ खनालले भने । पीडित बलराम राजभण्डारीले सरकारले नचाहेकै कारण बचतकर्ताहरुले बचत फिर्ता नभएको बताए । ‘जनताको बचत हिनामिना गर्नेहरु नै...
नेपालमा एक तोला सुनको मूल्य १ लाख ९१ हजार ६ सय !

नेपालमा एक तोला सुनको मूल्य १ लाख ९१ हजार ६ सय !

नेपाल । नेपालमा सुनको मूल्य आकासिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबार नेपालमा सुनको मूल्य तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ६०० कायम भएको थियो । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भएको थियो ।...
मन्दिरको जग्गा हिनामिनासम्बन्धी १७ जनाबिरुद्ध मुद्दा दर्ता

मन्दिरको जग्गा हिनामिनासम्बन्धी १७ जनाबिरुद्ध मुद्दा दर्ता

नेपाल । नक्सालमा रहेको बाल मन्दिरको जग्गा हिनामिनासम्बन्धी मुद्दा जिल्ला अदालतमा दायर भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन व्युरो (सिआईबी) ले आवश्यक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले थप छानवीन गरेर मुद्दा बुझाएको जिल्ला सरकारी वकिल कार्यालयस्रोतले जनायो । मुद्दामा नेपाल बाल संगठनकी तत्कालिन अध्यक्ष रितासिंह वैद्यसहित १७ प्रतिवादी छन् । प्रतिवादी बनाइएका भारत, कर्नाटक राज्य, बैंग्लोरका कीर्तिप्रसाद पाण्डे बाल मन्दिर हाताभित्र सञ्चालित बृहस्पति विद्या सदनका सञ्चालक हुन् । उनले सञ्चालन गरेको राई स्कुलले पनि सो जमिन ओगटेको छ । उनी नेपालमा बसोबास गर्ने भारतीय नागरिकको एक संस्थाका अध्यक्ष पनि हुन् । मुद्दाका प्रतिवादीमा बाल संगठनका तत्कालिन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, तत्कालिन महासचिव गणेशभक्त श्रेष्ठ, तत्कालिन स...
अख्तियारको टोलीद्वारा धितोपत्र बोर्डमा छापा

अख्तियारको टोलीद्वारा धितोपत्र बोर्डमा छापा

नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन) मा छापा मारेको छ। आयोगको टोलीले आइपिओ निष्काशनको प्रक्रियामा रहेका ८९ कम्पनीको फाइल नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ । आइपिओ निष्काशनको प्रक्रियामा रहेका कम्पनीसँग बोर्डले आर्थिक चलखेल गरेको आरोप लागेपछि अख्तियारले सबै फाइल नियन्त्रणमा लिएको बुझिएको छ ।...
६ सय ६१ जनाले तीन प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जा पाउने

६ सय ६१ जनाले तीन प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जा पाउने

नेपाल । चालु आर्थिक वर्षमा ६ सय ६१ जनाले (नवप्रवर्तन) स्टार्टअप कर्जा पाउने भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आइतबार सूचना जारी गर्दै तीन प्रतिशत ब्याजदरमा ६ सय ६१ उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको हो । कर्जाका लागि सिफारिस भएका उद्यमीले ४५ दिनभित्र तोकिएका बैंकको शाखा कार्यालयमा सम्पर्क नगर परियोजना प्रस्ताव र सिफारिस रकम स्वतः रद्द हुने प्रतिष्ठानले जनाएको छ । कुन उद्यमी कुन बैंकको कुन शाखामा जाने भन्ने सूचना आगामी बिहीबारसम्म प्रकाशन गरिने प्रतिष्ठानद्वारा जारी सूचनामा उल्लेख छ । चालु आर्थिक वर्षको बजेटमा स्टार्टअप कर्जा प्रवाहका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो।...
विकल पौडेललाई दोषी ठहर, ४० करोड ७५ लाख हिनामिना भएको ठहर

विकल पौडेललाई दोषी ठहर, ४० करोड ७५ लाख हिनामिना भएको ठहर

नेपाल । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा पौडेललाई दोषी ठहर गरेको हो । अदालतले पौडलसहित म्याक्स इन्टरनेसनल कम्पनीका सिइओ अकबर हुसेनलाई पनि दोषी ठहर गरेको छ । कम्पनीमाथि पनि जरिबानाको फैसला भएको छ । अदालतले विकललाई दुई वर्ष र हुसेनलाई एक वर्ष ६ महिना कैद सजाय सुनाएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले पौडेल र हुसेनलाई कैद तथा जरिबानाको फैसला गरेको हो । अदालतले हाई डिजिटल प्रिन्ट प्रोडक्सन सिस्टम खरिद प्रकरणमा भुक्तानी भएको ४० करोड ७५ लाख ५७ हजार ७४० रुपियाँ हिनामिना भएको ठहर गरेको छ । अदालतले ठहर रकमलाई जनही बिगो कायम गरेको छ, जस अनुसार कम्पनीसमेत गरी १३ करोड ५८ लाख ५२ हजार ५८० रुपियाँ बिगो कायम भएको छ ...
अप्रिल महिनामा १ लाख १६ हजार ४९० पर्यटक नेपाल घुम्न गए

अप्रिल महिनामा १ लाख १६ हजार ४९० पर्यटक नेपाल घुम्न गए

अमेरिका । सन् २०२५ को अप्रिल महिनामा १ लाख १६ हजार ४९० पर्यटक नेपाल घुम्न गएका छन् । नेपाल पर्यटन बोर्डले शुक्रबार प्रकाशित गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक २५ हजार ९३३ जना रहेका छन् । अमेरिकन १० हजार ५३, चिनियाँ ९ हजार ३७, बेलायती ६ हजार ७३८ र बंगलादेशी ५ हजार ३९८ जनाले अप्रिलमा नेपाल घुमेका छन् । यस वर्षको अप्रिलमा गत वर्षको अप्रिलभन्दा ४.६ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको अप्रिलमा १ लाख ११ हजार ३७६ जना पर्यटक नेपाल भित्रिएका थिए । ...