नेपाल सम्बत ११४४ को अवसरमा कोलोराडोमा भयो शुभकामना आदान प्रदान कार्यक्रम
-नातिबाबु भट्ट/ कोलोराडो । नेपाल सम्बत ११४४ को उपलक्ष्यमा कोलोराडो निवासी नेवाः समुदायले शनिबार एक कार्यक्रम आयोजना गरी एक आपसमा शुभकामना आदान प्रदान गरेका छन् ।
कोलोराडो नेवाः खलःले आयोजना गरेको न्हूदँया भिन्तुना कार्यक्रममा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् ।
पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य ध्रुवबहादुर प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी र आयोजक संस्थाका पदाधिकारीहरु लयागतको उपस्थिती रहेको थियो ।
संस्थापक अध्यक्ष प्रेमकाजी श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए भने अध्यक्ष भुषणलाल श्रेष्ठले संस्थाको पहलमा गरिएका कामको बिवरण प्रस्तुत गरेका थिए । केही समय अगाडि नेपाली सांस्कृतिक केन्द्र भवनको प्रांगणमा ईन्दजात्रा सम्पन्न गरिएको थियो ।
राष्ट्रिय बिभुती तथा नेपाल सम्वतका प्रवर्तक ...








