बोस्टनस्थित प्याब्फोनद्वारा संस्थालाई योगदान पुर्याउनेहरु सम्मानित (फोटो फिचर)
सुपेन्द्र बस्नेत/बोस्टन । अमेरिकाको ऐतिहासिक सहर बोस्टनस्थित प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड (प्याब्फोन) ले संस्थालाई योगदान पुर्याउनेहरुलाई सम्मान गरेको छ ।
संस्था स्थापना कालदेखि हालसम्म संस्थाको विकासमा र गरिमा बढाउनमा यथासक्य आर्थिक, भौतिक तथा नैतिक रुपमा योगदान पुर्याउनेहरुलाई सम्मान गरिएको हो। यसका लागि प्याब्फोनले गत मार्च ३१ तारिख आइतवारका दिन छढद्ध ध्बकजष्लनतयल क्तचभभत, द्यचबष्लतचभभ स्थित आफ्नै सामुदायिक भवनमा ‘ दाता, कलाकार, स्वयंसेवक एवम् मिडिया सम्मान कार्यक्रम’ को आयोजना गरेको थियो।
उक्त कार्यक्रममा पण्डित गोकुल कंडेल, संस्थाको बोर्ड अफ ट्रस्टिजका अध्यक्ष सुशीलचन्द्र पौडेल, ट्रष्टिजका उपाध्यक्ष द्वय मिलन गुरुङ र राम थापा, कार्यसमितिकी वरिष्ठ उपाध्यक्ष एलिना श्रेष्ठलगायतले सम्मानित हुने व्यक्तित्वहरुलाई सम्मान स्वरुप खादा लगाउदै सम्मानपत...









