१६ कार्तिक २०८२, आईतवार

कोलोराडो विशेष/अमेरिका

शेर्पा संघ कोलोराडोको सल्लाहकारमा दावा शेर्पा चयन

शेर्पा संघ कोलोराडोको सल्लाहकारमा दावा शेर्पा चयन

कोलोराडो । शेर्पा संघ कोलोराडो (नाङपी छोग्पा) को सल्लाहकारमा दावा शेर्पा चयन हुनु भएको छ । अमेरिकाको कोलोराडोवासी शेपाहरुको साझा संस्थाको सल्लाहकारमा दावा शेर्पालाई चयन गरिएको संघका अध्यक्ष ङवाङ वाङछु शेर्पाले उल्लेख गर्नु भएको छ ।
अनेसास कोलोराडो शाखाको आयोजनामा नियमित रचना वाचन कार्यक्रम सम्पन्न

अनेसास कोलोराडो शाखाको आयोजनामा नियमित रचना वाचन कार्यक्रम सम्पन्न

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाको आयोजनामा नियमित रचना वाचन कार्यक्रम मार्च १६ तारिक शनिबारका दिन सम्पन्न भएको छ । जुम अनलाइनबाट सञ्चालित कार्यक्रम अनेसास कोलोराडो शाखा अध्यक्ष राजु सिटौलाको अध्यक्षता तथा सचिव लाल चौलागाईंले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा साहित्यकारहरु हरिभक्त आचार्य, माधव शिवाकोटी, अनेसास कोलोराडो शाखा सल्लाहकार वासु खनाल, इकमान लामा, अनेसास कोलोराडो शाखाका पूर्वअध्यक्ष भूपेन्द्र महत, भीम कट्टेल, रीतादेवी प्रधान, गंगा अभिलाषी, अनेसास कार्यसमिति सदस्य सम्झना आचार्य, अनेसास कोलोराडो शाखा सल्लाहकार निर्मल प्याकुरेल, अनेसास कोलोराडो शाखा सल्लाहकार रमेश गुरुङ, अनेसास केन्द्रीय सदस्य तथा कोलोराडो शाखाका पूर्व अध्यक्ष तारा अधिकारीले रचना वाचन गर्नु भएको थियो । त्यसैगरी साहित्कारहरु रीता ढकाल, राजन सापकोटा, समीर आचार्य, विकास त्रिप...
कोलोराडोमा नेपाली सांस्कृतिक केन्द्रमा आगामी आइतबार भव्यताका साथ होली खेलिने

कोलोराडोमा नेपाली सांस्कृतिक केन्द्रमा आगामी आइतबार भव्यताका साथ होली खेलिने

नातिबाब भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी नेपाली समुदायले बसन्त ऋतुको आगमनसंगै आपसी मेलमिलाप, ऐक्यबद्धता र सद्भाब अभिबृद्धी गर्दै भावी पुस्तालाई संस्कृती सिकाउने उद्देशयले होली कार्यक्रम आयोजना गर्ने भएका छन् । नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा आगामी मार्च २४ तारिक आईतबारका दिन दिउासो १ बजे देखी ४ बजे सम्म नेपाली सांस्कृतिक केन्द्रमा होली खेल्ने कार्यक्रम रहेको र सो कार्यक्रमको लागी सबै क्षेत्रका महानुभावहरुबाट उत्साहजनक तरिकाले सहयोग प्राप्त भैरहेको अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् । कोलोराडो स्थित सबै संस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धीजिवी, ब्यवसायी, पत्रकार, सर्वसाधारण बुबाआमा, दाजुभाई, दिदीबहिनी तथा नेपाल र नेपालीको संस्कृतीप्रति आस्था र चासो राख्ने स्थानीय सबैलाई स–परिवार कार्यक्रममा उपस्थित भई दिनु हुन संस्थाका महासचिव भोला कटुवालले अनुरोध गरेका छन् । ए...
कोलोराडो निवासी पदम विश्वकर्मा नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत हुनु हुने

कोलोराडो निवासी पदम विश्वकर्मा नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत हुनु हुने

कोलोराडो । अमेरिकाको कोलोराडो निवासी पदम विश्वकर्मा नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत हुनु हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष तथा बोर्ड अफ ट्रष्टीका अध्यक्ष विश्वकर्मालाई प्रज्ञा अन्तर्देशीय पुरस्कार २०८० प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका सदस्यसचिवव डा. धनप्रसाद सुवेदीले जनाएका छन् । पुरस्कारको राशि १ लाख रुपैयाँ छ । विश्वकर्मासँगै खगेन्द्र संग्रौला, मोहनविक्रम सिंह, शान्ता श्रेष्ठ, घनश्याम शर्मा पौडेल, कृष्ण गौतम, प्राडा देवीप्रसाद गौतम, बम देवान, राजव र गंगा कर्माचार्यलाई पनि विभिन्न पुरस्कार प्रदान गरिने निर्णय भएको छ । ...
अमेरिकाको क्यालिफोर्नियामा भलिबल प्रतियोगितासहित नेपाल परेड कार्यक्रम हुँदै

अमेरिकाको क्यालिफोर्नियामा भलिबल प्रतियोगितासहित नेपाल परेड कार्यक्रम हुँदै

कोलोराडो । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा अप्रिल १२, १३ र १४ मा दुई महत्वपूर्ण कार्यक्रम हुने भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् अमेरिका, क्यालिफोर्निया च्याप्टर, नेपाल आदिवासी जनजाती महासंघ, क्यालिफोर्नियाको लगायत सानफ्रान्सिस्कोमा सक्रिय संघसंस्थाहरुको संयुक्त आयोजनामा अप्रिल १२ र १३ मा भलिवल प्रतियोगिता आयोजना गरिएको छ । त्यस्तै भलिवल प्रतियोगित सँगै अप्रिल १४ गते नेपाल डे समेत मनाईने र सो अवसरमा नेपाली कला संस्कृति झल्कने झाँकीसहित परेडको आयोजना गरिने एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरी ओझाले जानकारी दिनु भयो । स्थानीय मार्केट स्ट्रिटमा नेपाली कला संस्कृति झल्कने झाँकी प्रदर्शन र कल्चरल इभेन्टसमेत हुने छ । सोही अवसरमा भलिवल प्रतियोगितामा प्रथम हुने समूहलाई १२ हजार, दोस्रो हुने समूहलाई ७ हजार, तेस्रो हुने समूहलाई ५ हजार र चौ...
अमेरिकाको कोलोराडोमा मार्च २४ मा होली पर्व मनाईँदै

अमेरिकाको कोलोराडोमा मार्च २४ मा होली पर्व मनाईँदै

कोलोराडो । अमेरिकाको कोलोराडोमा मार्च २४ आइतबारका दिन फागु पूर्णिमा अर्थात होली पर्व हर्षोल्लासका साथ मनाइने भएको छ । नेपाली कल्चर सेन्टर (नेपाली घर) को आयोजनामा दिउँसो १ बजेदेखि ४ बजेसम्म रंगहरुको पर्व होली मनाइन लागेको नेपाल घरका अध्यक्ष जगदीशचन्द्र ढकालले जानकारी दिनु भयो । कोलोराडोबासी नेपालीभाषीहरूको साझा संस्था नेपाली घरले सबै नेपालीभाषी दाजु,भाई, दिदीबैनीहरुको उपस्थितीमा नेपालीहरूको सांस्कृतिक पर्ब होली (फागु पूर्णिमा) हरेक वर्ष धूमधामका साथ मनाउॅदै आएको छ । ‘नेपाली सॅस्कृतीको जगेर्ना गर्न, सामाजिक सदभाव क़ायम गर्न, एक आपसमा सम्बन्ध, सहयोग, र ऐक्यबद्ता अभिवृद्धि गर्दै हाम्रा सन्ततिलाई हाम्रो सँस्कृती , रीती रिवाज र परम्परा बोध गराउन नेपालीघरले होली कार्यक्रम संचालन गर्दैआएको हो ।’, अध्यक्ष ढकालले उल्लेख गर्नु भयो । होली (फागु पूर्णिमा) पर्वलाई यसवर्ष पनि हर्षोल्लासपूर्बक...
४० तस्बिरमा हेरौं कोलोराडोमा सम्पन्न अन्तराष्ट्रिय नारी दिवस कार्यक्रमका झलकहरु (फोटो फिचर)

४० तस्बिरमा हेरौं कोलोराडोमा सम्पन्न अन्तराष्ट्रिय नारी दिवस कार्यक्रमका झलकहरु (फोटो फिचर)

कोलोराडो । ११४औं अन्तराष्ट्रिय नारी दिवस मार्च ९ तारिक शनिबार अमेरिकाको कोलोराडोमा बिभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषद्को आयोजना, एनआरएनए कोलोराडो च्याप्टरको सहआयोजना तथा कोलोराडोमा सक्रिय डेढदर्जन भन्दा बढी संघ संस्थाहरूको सहयोगमा शनिबार कार्यक्रम सम्पन्न भएको हो ।  सेभेन समिट गर्नु भएकी शाहसी महिला शैली बस्नेतको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा नायिका रेखा थापा, प्राप्ति विष्ट र रितु तुलाधर विशिष्ट अतिथिको रूपमा हुनुहुन्थ्यो । अमेरिकाको कोलोराडोमा भव्यताका साथ मनाइयो अन्तराष्ट्रिय नारी दिवस ४० तस्बिरमा हेरौं कार्यक्रमका झलकहरुः (फोटोग्राफी भरतकुमार श्रेष्ठ)  ...
बोस्टनमा भव्यताका साथ मनाइयो महाशिवरात्रि

बोस्टनमा भव्यताका साथ मनाइयो महाशिवरात्रि

सुपेन्द्र बस्नेत (बोस्टन) । अमेरिकाको बोस्टन स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा गत मार्च ८ तारिख शुक्रवारका दिन विविध धार्मिक क्रियाकलापहरु गरेर महाशिवरात्रि भव्यताका साथ मनाइयो । उक्त दिन ‘महाशिवरात्रि’ परेकाले हिन्दू धर्मावलम्बीहरु 594 Washington Street, Braintree स्थित सामुदायिक भवनमा स्थापित ‘पशुपतिनाथ’ को मन्दिरमा उपस्थित भइ महाशिवरात्रि मनाएका थि। उक्त मन्दिरमा स्थापना गरिएको पशुपतिनाथ, बुद्धलगायत देवी देवताहरुको मूर्तिहरुमा प्राण प्रतिष्ठा गरिएपछिको यो पहिलो ‘महाशिवरात्रि’ भएकाले विशेष रुपमा मनाउन भक्तजनहरुको बाक्लै उपस्थिति रहेको थियो । महाशिवरात्रिलाई विशेष रुपमा मनाउन बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (प्याब्फोन)ले आवश्यक प्रबन्ध मिलाएको थियो। कार्यतालिका अनुसार भक्तजनहरुका लागि विहान ८ बजेदेखि नै मन्दिर खुला गरी दिनभरि नै चरण...
भेल भ्याली शेर्पा समुदायले अमेरिकाको कोलोराडोमा मनाए ग्यल्पो लोसार

भेल भ्याली शेर्पा समुदायले अमेरिकाको कोलोराडोमा मनाए ग्यल्पो लोसार

कोलोराडो । भेल भ्याली शेर्पा समुदायहरुको आयोजनमा ईगलभेल पेभिलिएन भेल शहरमा शेर्पा समुदायहरुको महान चाड सिङ डुक लो वर्ष (Wooden Dragon year) २१५१ औं ग्यल्पो लोसार अमेरिकाको कोलोराडो निवासी शेर्पा समुदायहरुले भव्यताका साथ रमाईलो गरेर मनाएका छन् । विहानको कार्यक्रममा न्युयोर्कबाट पाल्नु भएका वौद्ध लामा गुरुज्यू ङवाङ छछोग लामाले पूजा आरधान गर्नु भएको थियो । उहां ८ पटक सगरमाथा सफल आरोहन गर्नु भएका सफल आरोही पनि हुनुहुन्छ । अपरान्हको कार्यक्रम संस्कृतिक नाचगान गर्दै रातको १० बजेसम्म रमाईलो गरेर मनाइएका थियो । भेल भ्याली शेर्पा लोसार कोलोराडोमा शेर्पाहरुको बसाई सराई भए देखी नै लावा सिस्टमले निरन्तर मनाइदै आएको छ । यो लावा सिस्टममा ३, ४ शेर्पा परिवारहरु आयोजक चुन्ने चलन छ । यो वर्ष २१५१ को लावाज्युहरुमा ङवाङ थ्रोवा शेर्पा परिवार, पासङ तेन्जी शेर्पा (पिटी) परिवार, निमा तमाङ परिवार र मिङमा शेर्...
अमेरिकाको कोलोराडोमा भव्यताका साथ मनाइयो अन्तराष्ट्रिय नारी दिवस

अमेरिकाको कोलोराडोमा भव्यताका साथ मनाइयो अन्तराष्ट्रिय नारी दिवस

नातिबाबु भट्ट (कोलोराडो/अमेरिका) । ११४औं अन्तराष्ट्रिय नारी दिवस अमेरिकाको कोलोराडोमा बिभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषद्को आयोजना, एनआरएनए कोलोराडो च्याप्टरको सहआयोजना तथा कोलोराडोमा सक्रिय डेढदर्जन भन्दा बढी संघ संस्थाहरूको सहयोगमा शनिबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी हुन एनआरएनए आईसीसी र कोलोराडो बाहिरबाट एनआरएनए एनसीसीका पदाधिकारीहरु, कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसाही, पत्रकार तथा नेपाली भाषी बुबाआमा, दाजुभाई दिदीबहिनीहरुको उपस्थिती रहेको थियो । ‘महिलामा लगानी गरौं, प्रगतिलाई गति दिऔं’ भन्ने नाराका साथ महिलाका बिभिन्न मुद्दा, महिला सशक्तीकरण, सहभागिता र प्रवासमा महिलाका समस्या, भूमिका लगायतका बिषयमा छलफल र अन्तरक्रिया भएको थियो । सेभेन समिट गर्नु भएकी शाहसी महि...