अमेरिकाको बोस्टनमा नेपाली वोमन्स ग्लोबल नेटवर्कको बनभोज कार्यक्रम सम्पन्न
-सुपेन्द्र बस्नेत (बोस्टन) । अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टनमा नेपाली मूलका नारीहरु आबद्ध संस्था ‘नेपाली वोमन्स ग्लोबल नेटवर्क, न्यू इंग्ल्याण्ड च्याप्टर (एनडब्लुजिएन) को बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली मूलका नारीहरुलाई एकताबद्ध गराइ मनोरञ्जनको माध्यमबाट आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने मुख्य उद्देश्यले जुलाई १४ तारिख आइतबार बनभोज कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा संस्था परिवारका साथै सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । एनडब्लुजिएनले समुदायको उत्थानका लागि पुर्याउँदै आएको योगदान र भावी दिनहरुमा खेल्नु पर्ने भूमिकाका बारेमा चर्चा परिचर्चा गरिएको कार्यक्रम, लक्ष्य अनुसार सफल भएको संस्थाको प्रतिक्रिया छ ।
संस्थाकी न्यू इंग्ल्याण्ड च्याप्टरकी अध्यक्ष कल्पना श्रेष्ठले कार्यक्रम उल्लासमय, मनोरञ्जनात्मक र उपलब्धिमूलक भएको प्रतिक्रिया दि...









