एनआरएनए कोलोराडो च्याप्टरद्वारा डा. स्वर्णिम वाग्लेसँग आफूहरुका १६ सवाल प्रस्तुत
            कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टरले रास्वपा उपसभापति, वरिष्ठ अर्थविद् तथा प्रतिनिधि सभाका सांसद डा. स्वर्णिम वाग्लेसँग आफूहरुका विभिन्न समस्याहरु तथा समाधानका लागि गर्नु पर्ने विषयवस्तुहरु प्रस्तुत गरेको छ ।
पार्टी कामको शिलशिलामा हाल कोलोराडोमा आएका डा. वाग्लेलाई एनआरएनए कोलोराडो च्याप्टरका पूर्व अध्यक्ष आरसी पन्त, च्याप्टर अध्यक्ष प्रकाश पौडेल, एनआरएनए एनसीसी अमेरिकाका बीओडी निमा शेर्पासहित एनआरएनएका सदस्यहरुले आफ्ना जिज्ञासासहित १६ बुँदे सवालहरु प्रस्तुत गरिएको हो ।
एनआरएनहरुलाई नागरिकता दिन थालिए पनि अधिकार संकुचित गरिएको, राजनीतिक अधिकार नदिएपनि अरु अधिकार आम नेपालीहरुले पाए अनुसारनै पाउनु पर्ने, एनआरएनहरुले नेपालमा स्वास्थ्य, शिक्षा, सूचना प्रविधि लगायता क्षेत्रमा लगानी गर्न चाहे पनि सरकारी प्रक्रिया झंझटिलो रहेकोले त्यसलाई सहजीकरण गर्नका लागि पहल गरिदिन अनुरोध गरे ।
साथै अमे...        
       
    








