एनआरएनए एनसीसी अमेरिका र कोलोराडो च्याप्टरको झण्डा सगरमाथामा फहराउने पेम्बा रिता सम्मानित
–मीन बोलखे (नेपाल) । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिका र कोलोराडो च्याप्टरले १४औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएका पेम्बा रिता शेर्पालाई सम्मानित गरेको छ ।
नेपालको काठमाडौं बालुवाटारस्थित एनआरएनए आईसीसी भवनमा आयोजित कार्यक्रममा शेर्पालाई सम्मानित गरिएको हो । एनआरएनए एनसीसी अमेरिका र कोलोराडो च्याप्टरको लोगो (झण्डा) विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउनु भएका शेर्पालाई सोमबार एक लाख रुपियाँसहित सम्मान गरिएको हो ।
एनआरएन एनसीसी अमेरिकाका उपाध्यक्ष ज्ञानेन्द्र गुरुङको सभापतित्व तथा एनआरएनए आईसीसीका अध्यक्ष डा. बद्री केसीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा महिला उपाध्यक्ष रोजिना प्रधान राई, सचिव भीम केसी कमल, सह कोषाध्यक्ष कृष्ण तिमल्सिना, एनआरएनए अभियन्ताहरु पूर्णचन्द्र बानियाँ, अर्जुन गुरुङ र राजकुमार थापा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कोलोराडो...









