३ फाल्गुन २०८१, शनिबार

भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउँदै

कोलोराडोखबर संवाददाता , January 4th, 2024

नेपाल । भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउँदै छन् । नेपाल.भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन जयशंकर नेपाल आउन लागेका हुन् । बैठक बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री जयशंकर, विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्ची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरु आउने छन् ।

जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।

जयशंकर शुक्रबार दिल्ली फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्