नेपाल(रौतहट) । रौतहटको गरुडा नगरपालिका ४ गरुडा बजारका एक युवा गाउँको सफाइको लागि अभियान नै चलाएका छन् ।
समाजसेवी तथा युवा नेता सन्तोषकुमार साहले सफाइ अभियान संचालन गरेका हुन् ।
स्थानीयवासीसितको समन्वयमा साहले नगरका करिब सबै गाउँमा सार्वजनिक रुपमा सफाइ अभियान पुर्याइसकेका छन् ।
समाजसेवी साहको अगुवाइमा आइतवार गरुडा नगरपालिका २ गेडहीगुठीको मुख्य सडकको सफाइ गरिएको छ । वडा नम्बर २ का वडाध्यक्ष वडाध्यक्ष कृष्णनन्दन सहनी तथा समाजसेवी साहले हातमा झाडु लिएर आफैँ सडकको सफाइ गरेका हुन् ।
आफ्नै निजी खर्च तथा व्यवस्थापनमा साहले सञ्चालन गरेको अभियानमा रामदयाल सहनी, सुनील यादव, जगत सहनी, रामचन सहनी, शोभी सहनी, परशुराम सहनीसहित स्थानीय भद्रभलादमी गरी दुई दर्जनभन्दा बढीको सहभागिता रहेको थियो ।
विभिन्न चाडपर्व तथा अन्य अवसरमा साहले स्वतःस्फूर्त गाउँहरुको सफाइ गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्