११ श्रावण २०८३, सोमबार

३१ केजी गाँजासहित २ जना पक्राउ

कोलोराडोखबर संवाददाता , November 16th, 2024

नेपाल (हेटौंडा) । हेटौंडामा अटोमा गाँजा तस्करी हुन थालेको छ । यसैक्रममा प्रहरीले ३१ केजी गाँजा सहित २ जना पक्राउ गरेको छ ।

हेटौडा उपमहानगरपालिका वडा नंम्बर–१५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट पथलैयातर्फ जादै गरेको ना १ ह ८३२४ नंबरको अटोकाट ३१ केजी १२० ग्राम लागूऔषध गाँजा सहित दुइ जनालाई पक्राउ गरिएको हो ।

रातोमाटेबाट अटो चालक मकवानपुर मनहरी गाउँपालिका वडा नंम्बर–७ पेन्चे बस्ने ३३ वर्षिय शंकर स्याङतान र सोही आटोमा सवार सोही स्थानका ४० वर्षिय रामशरण प्रजालाई शंका लागी उनीहरुको शरीर तथा अटो समेतको खानतलासी गर्दा अटो भित्र लुकाई छिपाई ल्याईएको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्