११ श्रावण २०८३, सोमबार

मंगलबार साँझ मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण निर्णय हुने आंकलन

कोलोराडोखबर संवाददाता , October 29th, 2024

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा पनि छलफल हुने जनाइएको छ ।

त्यस्तै बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका बारेमा पनि छलफल हुने जनाइएको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री दीपक खड्काको निर्देशनलाई पनि अटेर गर्दै घिसिङले डेडिकेटेट टंक लाइनको महशुल नतिर्ने ३२ उद्योगको गत कात्तिक ८ गते काटिदिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्