काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा नाम जोडिएका सत्ता पक्षका नेताहरुलाई पनि अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् ।
महामन्त्री थापाले राष्ट्र बैंक कर्मचारीहरुको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी ठगीमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका हुन् ।
उनले नयाँ पुरानो जो भए पनि छानबिन समितिले सिफारिस गरेका व्यक्तिहरुमाथि अनुसन्धान हुनुपर्ने बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्