४ श्रावण २०८३, सोमबार

सृष्टि खड्काले जितिन् मिस पोखराको उपाधि

कोलोराडोखबर संवाददाता , October 28th, 2024

नेपाल । एघारौँ संस्करणको मिस पोखराको उपाधि सृष्टि खड्काले जितेकी छन् । पोखरा काजीपोखरी निवासी खड्काले मिस पोखरा घोषित हुँदै स्कुटर र ५० हजार रुपैयाँ नगद पुरस्कार जितिन् ।

मिस नेपालमा समेत प्रतिनिधित्वको अवसर पाएकी उनले विभिन्न गिफ्ट ह्याम्परसमेत हात पारिन् । खड्कालाई सन् २०१८ की मिस पोखरा सारा बजिमयले क्राउन पहिर्‍याइदिएकी थिइन् ।

यस्तै, रेखा गैरे फस्ट रनर अप र जेसिका विश्वकर्मा घिमिरे सेकेण्ड रनर अप भइन् । उनीहरुले ताजसहित क्रमशः ३० हजार र २० हजार साथमा विभिन्न गिफ्ट ह्याप्पर प्राप्त गरे ।

रेखाले वेष्ट इन्टेलेक्टको समेत उपाधि जित्दा जेसिकाले वेष्ट ड्रेस तथा क्वाटवाक अवार्ड जितिन् ।

मुख्य निर्णायकहरुमा सुवर्ण क्षत्री, सौन्दर्यकर्मी मीना गुरुङ, अभिनेता सरोज खनाल, अभिनेत्री एलिजा गौतम, ला ग्राण्डीका प्रिन्सिपल किरण केसी, शेषराज भट्टराई, डा. रामजी शर्मा थिए ।

प्रतिक्रिया दिनुहोस्