४ श्रावण २०८३, सोमबार

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

कोलोराडोखबर संवाददाता , October 25th, 2024

नेपाल । सहकारी बचत अपचलन गरेको अभियोगमा पक्राउ गरेका रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राख्न थप ७ दिनको अनुमति दिएको हो ।

कात्तिक २ गते शुक्रबार पक्राउ परेका रविलाई यसअघि अदालते ६ दिन म्याद थपेको थियो ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेलाई पोखरा प्रहरीको हिरासतमा राखिएको छ ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोर्खा मिडियामा आएको र गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने संलग्न रहेको भन्दै आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्