३० असार २०८३, मंगलवार

पार्टी निर्णय बिरुद्ध बोलेको भन्दै एमालले तीन नेतासँग स्पष्टीकरण सोध्ने

कोलोराडोखबर संवाददाता , October 21st, 2024

नेपाल । नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष डा भीम रावलसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने भएको छ ।

आइतवार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीको निर्णयविरुद्ध अभिव्यक्ति दिने नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

रावलसहित पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पार्टी निर्णयविपरीत सार्वजनिक रुपमा अभिव्यक्ति दिएकोमा पनि स्पष्टीकरण सोध्ने निर्णय भएको बुझिएको छ ।

पार्टी कार्यालय बनाउन मीनबहादुर गुरुङबाट जग्गा दान लिएकोमा ती नेताहरुले आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्