११ श्रावण २०८३, सोमबार

एनआरएनए आईसीसीको बैठक बस्दै, के के छन् एजेण्डा ?

कोलोराडोखबर संवाददाता , October 20th, 2024

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको बैठक आइतवार बस्दैछ ।

संघका महासचिव गौरीराज जोशीका अनुसार वार्षिक साधारणसभा लगायत विभिन्न महत्वपूर्ण विषयमा छलफल गर्न भर्चुअल माध्यमबाट बैठक आयोजना गरिएको हो ।

आगामी अक्टोबर २७ तारिखदेखि काठमाडौंमा सुरु हुने संघको वार्षिक साधारणसभालाई केन्द्रमा राख्दै बैठकमा तयारी र अन्य एजेन्डाहरुमा व्यापक छलफल हुने बताइएको छ ।

बैठकमा संघको आर्थिक स्थिति, वार्षिक प्रतिवेदन, र अन्य रणनीतिक विषयहरुमा समेत चर्चा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्