५ श्रावण २०८३, मंगलवार

पाएको दान र रवि पक्राउ प्रकरणबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

कोलोराडोखबर संवाददाता , October 20th, 2024

नेपाल । आइतबार नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।

साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बोलाएको अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

बैठकमा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङबाट झण्डै ११ रोपनी जग्गा दानका रुपमा लिएको छ । यसको पार्टीभित्रैबाट आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले सचिवालयको बैठक बोलाइएको जनाएको छ ।

रवि लामिछाने पक्राउ पछि आएका प्रतिक्रियाहरुको बारेमा पनि छलफल हुने पार्टी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्