३० असार २०८३, मंगलवार

बस दुर्घटना हुँदा चार जनाको मृत्यु, १२ जना घाइते

कोलोराडोखबर संवाददाता , October 16th, 2024

नेपाल । डडेलधुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु र १२ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस मंगलबारराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् ।

दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको छ ।

दुर्घटनामा बसका चालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्