६ श्रावण २०८३, बुधबार

बडादशैँको टीका लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म टीका लगाइने

कोलोराडोखबर संवाददाता , October 13th, 2024

नेपाल । आइतबार आश्विन शुक्ल पक्षको एकादशी । बडादशैँको टीका लगाउने क्रम आइतबार पनि जारी छ । आइतबार ५१ घडी ६ पला एकादशी तिथि छ ।

बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ ।

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली र ससुरालीलगायत नाताकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ।

आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम समाप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्