५ श्रावण २०८३, मंगलवार

रास्वपामा स्थानीय तह उपनिर्वाचनमा गैरदलीय उम्‍मेदवारबारे विकल्प खुला

कोलोराडोखबर संवाददाता , October 5th, 2024

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह उपनिर्वाचनमा गैरदलीय उम्‍मेदवारबारे विकल्प खुला राखेको छ ।

स्थानीय तहमा रिक्त रहेका ३४ जनप्रतिनिधिका लागि निर्वाचन आयोगले आगामी १६ मंसिरमा उपनिर्वाचन गर्ने तयारी गरेको छ । ३० वैशाख २०७९ मा भएको चुनावबाट निर्वाचित भई हाल रिक्त रहेका मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि उप निर्वाचन हुन लागेको हो ।

स्थानीय तहको निर्वाचनमा पहिलोपटक भाग लिन लागेको रास्वपाले गैरदलीय उम्मेदवारलाई सहयोग गर्न सकिने गरी विकल्प खुला राखेको छ । विधानतः रास्वपाले लिडरसीप एकेडेमीमार्फत उम्मेदवार चयन गर्नुपर्ने हुन्छ । उपनिर्वाचन हुने समयसम्म लिडरसिप एकेडेमीबाट उम्मेदवार तयार हुने सम्भावना कम रहेको सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्