३० असार २०८३, मंगलवार

निर्वाचन गर्न नसकेपछि नेपाल पत्रकार महासंघले बोलायो राष्ट्रिय भेला

कोलोराडोखबर संवाददाता , September 26th, 2024

नेपाल । निर्वाचनको मिति पटकपटक सारेको नेपाल पत्रकार महासंघले जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला यही १९ गतेका लागि बोलाएको छ।

पत्रकार महासंघका अनुसार भौतिक तथा भर्चुअल माध्यमबाट केन्द्रीय समिति, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूको परामर्श भेलाको निर्णय अनुसार असोज १९ गते जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।

महासंघ असोज १२ गते तोकिएको निर्वाचन हुन नसक्ने परिस्थिति सिर्जना भएपछि १९ गते उक्त भेला बोलाएको हो । महासंघले सदस्यता विवाद समाधान गर्नका लागि पूर्वअध्यहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्