४ श्रावण २०८३, सोमबार

दुर्गा प्रसाईं अझै पाँच दिन प्रहरी हिरासतमै !

कोलोराडोखबर संवाददाता , September 26th, 2024

नेपाल । तीन दिन अघि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अझै ५ दिन प्रहरी हिरासतमा रहने भएका छन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामविहारी मौर्यले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएका हुन् ।

विद्युतीय अपराधमा अनुसन्धान गर्न आइतवार उनलाई साइबर ब्यूरोले भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो। मंगलबार उनीसँग बयानसमेत लिइएको थियो ।

उनीविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसारको कसुर गरेको भन्दै जाहेरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्