२१ मंसिर २०८१, शुक्रबार

संघीय संसद्को चालु अधिवेशन अन्त्यको सिफारिस

कोलोराडोखबर संवाददाता , September 16th, 2024

नेपाल । संघीय संसद्को चालु अधिवेशन अन्त्यको सिफारिस भएको छ  ।

मन्त्रीपरिषद्को आइतबारको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको हो । संवैधानिक प्रावधान अनुसार अधिवेशन आह्वान र अन्त्य मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

सोमबार राति १२ बजेबाट अधिवेशन अन्त्य हुने छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले अवरोध जारी राखेकै बेला अधिवेशन अन्त्यको सिफारिस भएको हो ।

चालु बजेट अधिवेशन वैशाख २८ गतेबाट प्रारम्भ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्