नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक शुक्रबार बस्दै छ ।
सचिवालयबाट वार्षिक कार्ययोजना पारित गरी मिसन ०८४ लक्षित संगठन निर्माण र विस्तार, शुद्धीकरण र सुदृढीकरणलगायत अभियान चलाउने एमालेको तयारी छ ।
१९ भदौमा सम्पन्न पोलिटब्युरो बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल भएको थियो । बैठकले सुझावसहित पारित गर्ने जिम्मेवारी सचिवालयलाई दिएको थियो ।
बैठकमा वार्षिक कार्ययोजना र तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माण गर्ने बारेमा पनि छलफल गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्