नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको समस्या समाधान गर्नका निम्ति राज्यको ध्यान जानुपर्ने बताउनु भएको छ।
पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा ‘अदालती फैसलाबाट उत्पन्न उपत्यकाका नदी किनाराको जग्गा समस्या र समाधान’ विषय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो ।
साथै उहाँले राज्यले जनतालाई खुशी बनाउने काममा लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा काठमाडौँ उपत्यका नदी करिडोर पीडित संघर्ष समितिले अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्