१८ कार्तिक २०८१, आईतवार

सरकार र संसदको कामलाई प्रभावकारी बनाउने सत्ता साझेदार दलहरुको निष्कर्ष

कोलोराडोखबर संवाददाता , September 10th, 2024

नेपाल । सोमबार बसेको सत्ता साझेदार दलहरुले सरकार र संसदको कामलाई प्रभावकारी बनाउन एकढिक्का भएर उभिने निष्कर्ष निकालेका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ दलहरुको बैठकले सरकारको पक्षमा एकढिक्का भएर उभिने निष्कर्ष निकालेका हुन् ।

बैठक संसद र सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा केन्द्रीत थियो । ‘सरकारको पक्षमा दलहरु एकढिक्का भएर उभिने निष्कर्षमा पुगेका छौ’, बैठकपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भन्नुभयो । उहाँका अनुसार सत्ता साझेदार दलहरु एकढिक्का भएर उभिनकै निम्ति न्यूनतम साझा कार्यक्रम तयार पार्ने गृहकार्य सुरु भएको छ ।

कांग्रेस महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत, एमालेका उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको मस्यौदा समिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्