२७ माघ २०८२, मंगलवार

नेपाल पत्रकार महासंघको निर्वाचन असोज ५ गतेका लागि तोकियो

कोलोराडोखबर संवाददाता , September 2nd, 2024

नेपाल । पटक पटक स्थगित हुँदै आएको नेपाल पत्रकार महासंघको निर्वाचन आगामी असोज ५ गते हुने भएको छ । महासंघका अध्यक्ष बिपुल पोखरेलले आज बिज्ञप्ति जारी गरी निर्वाचनको मिति घोषणा गर्नुभएको हो ।

अध्यक्ष पोखरेलले आइतबार प्रकाशित गरेको बिज्ञप्तिमा निर्वाचनको सन्दर्भमा यसअघि देखिएका मतदाता नामावलीलगायतका सवै बिवादको समाधान गरी असोज ५ गतेका लागि तीन वटै तह केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन मिति तोकिएको उल्लेख छ ।

यसअघि तीन पटक स्थगित भएको निर्वाचन पछिल्लो समय अनिश्चित बनेको थियो । मतदाता नामावलीमा देखिएको बिवादको समेत निकास दिइएको महासंघ अध्यक्ष पोखरेलको भनाईसँगै अब तोकिएको मितिमा निर्वाचन हुने आशा पलाएको छ ।

प्रतिक्रिया दिनुहोस्