३० भाद्र २०८१, आईतवार

नेपालमा शेयर बजार पुनः घट्न थाल्यो

कोलोराडोखबर संवाददाता , September 2nd, 2024

नेपाल । नेपालमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब साढे ५३ अंकले घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अंकले घटेर २ हजार ६९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो ।

नेप्से परिसूचक करिब २ प्रतिशत घटेको छ भने कारोबार रकम पनि घट्यो ।

३३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता शेयर १ लाख ३० हजार ६३२ पटक खरिदबिक्री हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३४९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

म्युचुअल फण्ड शून्य दशमलव ८० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घट्यो ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी गुडविल फाइनान्स लिमिटेडको ५२ करोड ३१ लाख १० हजार ४९२ रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्