२६ माघ २०८२, सोमबार

विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ शुरु

कोलोराडोखबर संवाददाता , September 1st, 2024

नेपाल । गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले अमेरिकासहित विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेकोमा प्रस्तावित १७ जना राजदूतको सुनुवाइ आइतबारदेखि शुरु हुने भएको छ ।

संसदीय सुनुवाइ समितिका अनुसार आइतबारको सुनुवाइ विभिन्न चार देशका लागि प्रस्तावित नेपाली राजदूतहरुको सुनुवाइ गर्ने कार्यसुचि रहेको छ । पहिलो दिन सुनुवाइका लागि चीनका लागि प्रस्तावित प्राडा कृष्णप्रसाद ओली, भारतका लागि शंकर शर्मा, जर्मनीका लागि डा शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधरलाई बोलाइएको छ । यसअघि शुक्रबार बसेको समितिको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि छलफल भएको थियो।

छलफलमा उजुरीकर्ताहरुलाई बोलाइएको थियो । प्रस्तावित राजदूतविरुद्ध नौवटा उजुरी परेका छन् । उजुरीकर्तामध्ये अधिकांशले संविधानको मर्म र भावनाअनुरुप समावेशी सिद्धान्तलाई आत्मसात नगरिएको भन्दै सिफारिस सच्याउन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्