२६ माघ २०८२, सोमबार

पाँचथरमा ग्रिनेड विष्फोट हुँदा २ नाबालकको मृत्यु

कोलोराडोखबर संवाददाता , August 30th, 2024

नेपाल । पाँचथरको फालेलुङमा बिस्फोटमा परी घाइते भएका २ नाबालकको मृत्यु भएको छ । फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई नाबालकको मृत्यु भएको हो ।

स्थानीय दिलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो ।

स्थानीय आइतराज केरुङको घरमा बिहीबार साढे ३ बजेतिर भएको बम विष्फोटमा परी उनीहरु घाइते भएका थिए । दिलिपको परिवार केरुङको घरमा बस्दै आएको थियो ।

विष्फोटमा उनका चार छोरा–छोरी घाइते भएका थिए । घटना के कसरी भएको हो ? प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्