नेपाल । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक ४ दिन पर सरेको छ ।
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद मिलाउने क्रम जारी रहँदा त्यसको असर केन्द्रीय कार्यसमिति बैठकमा परेको हो । भदौ १२ गते बुधबारका लागि बोलाइएको बैठक चार दिन पछाडि धकेलेर भदौ १६ गतेमात्र बोलाइएको छ ।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दैै बैठकको मिति परिवर्तन भएको उल्लेख गरेका छन् ।
उनले जारी गरेको सूचनामा बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आगामी आइतबार भदौ १६ गते दिउँसो २ बजेका लागि डाकिएको उल्लेख छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्