नेपाल । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आइतबार बस्दैछ ।
बैठकले पार्टीमा रिक्त रहेका पदाधिकारीलाई पूर्णता दिने जनाइएको छ ।
बैठकले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित रिक्त रहेका १८ पदाधिकारी चयन गर्ने बताइएको छ ।
पार्टीमा ३४४ सदस्यीय केन्द्रीय रहेकामा २५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गर्न बाँकी रहेकाले सो बैठकमा उनीहरूलाई शपथ गराएर जिम्मेवारी तोकिनेछ । केही नेताहरूको जिम्मेवारी हेरफेर गरिनेछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्