नेपाल । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो बाढीले जनजीवन प्रभावित भएको छ ।
स्थानीयका २० घर, थामे आधारभूत विद्यालय र एउटा क्लिनिकको भवन बगाएको छ । थामे खोलाको बाढीमा परी ५५ वर्षीय निमा नुरु टुडु शेर्पा बेपत्ता भएका खबर आउको छ । छन् ।
पर्यटकीय गाउँ थामेमा दिउँसो करिब १ः३० बजे अचानक बाढी आएको थियो । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलामा एक्कासि आएको बाढीले स्थानीय प्रभावित भएा थिए ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले उनले मानवीय क्षतिको बारेमा जानकारी नआएको जानकारी दिइन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्