नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा दुई दलीय स्टिम लागू हुन नदिने बताउनु भएको छ ।
बुधबार संसदमा बोल्दै पूवप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो । उहाँले संविधान संशोधनको कुरा गरेर मध्यरातमा हस्ताक्षर गरेको भन्दै नेपालमा दुई दलीय व्यवस्थाको कल्पना नगर्न एमालेलाई चेतावनी दिनुभएको हो ।
बहुदलीय व्यवस्था आफूहरूले ल्याएको भन्दै नेपालले यस व्यवस्थालाई अझै समृद्ध बनाउन चाहने बताउनुभयो । अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा सारै सोझो भएको भन्दै ख्यालगर्न सुझाव दिनुभयो । उहाँले दुई दलीय प्रणाली स्थापित गर्ने कुरा सुनिरहेको भन्दै बंगलादेशको घटनाले सचेत बनाएको बताउनु भयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्