२६ माघ २०८२, सोमबार

संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ

कोलोराडोखबर संवाददाता , August 14th, 2024

नेपाल । मंगलबार संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परे ।

विगत एक सातादेखि माइतीघरमा धर्ना बसिरहेका सुनारले मंलबार बानेश्वरमा निषेधित क्षेत्र तोड्दै संसद भवन प्रवेश गर्न खोजेका थिए ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरिय प्रहरी बृत बानेश्वरमा राखिएको र केहीपछि छोडिएको थियो ।

उनी हात खुट्टा साङ्लाले बाँधेर धर्ना बसिरहेका छन् । सरकारी निकायमा दलितको प्रतिनिधित्वको विषय उठाउँदै उनले धर्ना सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्