३ फाल्गुन २०८२, आईतवार

रास्वपाका उपसभापति डा. वाग्ले र कोलोराडोवासी नेपालीहरूबीच अन्तरक्रिया कार्यक्रम हुने

कोलोराडोखबर संवाददाता , August 8th, 2024

कोलोराडो । रास्वपा उपसभापति तथा प्रतिनिधि सभा सदस्य तथा डा. स्वर्णिम वाग्लेसँग कोलोराडोवासी नेपालीहरूबीच अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

उक्त कार्यक्रम अगस्ट महिनाको १६ तारिख, शुक्रबार, साँझ ६ बजे देखि ९ बजेसम्म Marriott Hotel, Westminster सभा हलमा आयोजना हुनेछ ।

रास्वपा प्रवास नेपाली सम्पर्क समिति कोलोराडोले आयोजित यो कार्यक्रम दलीय राजनीतिक भन्दा पनि नेपालको राजनीतिक अर्थतन्त्र र विकासका सम्भावनाहरूको बारेमा कोलोराडोबासी नेपाली समुदाय र डा. स्वर्णिम वाग्लेबीच अन्तरक्रिया रहने बताइएको छ ।

रास्वपा प्रवास नेपाली सम्पर्क समिति कोलोराडोका सभापति दीपक सुनुवारले सम्पूर्ण कोलोराडोबासी नेपाली समुदायलाई यस अन्तरक्रियामा आफ्ना जिज्ञासा, प्रश्न, सुझाव, र रायसहित उपस्थित हुन आग्रह गर्नुभएको छ ।

कार्यक्रमको तालिका अनुसार बेलुका ६ देखि ७ बजेसम्म खानाको व्यवस्था हुनेछ । त्यसपछि ७ बजे कार्यक्रमको औपचारिक सुरुवात हुनेछ । अन्तिम चरणमा ८ देखि ९ बजेसम्म कोलोराडोबासी नेपाली समुदाय र डा. वाग्लेबीच प्रश्न उत्तरको कार्यक्रम सञ्चालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्