नेपाल । बुधबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा ५ जनाको मेत्यु भएको छ ।
घटनामा वरिष्ठ क्याप्टेन अरुण मल्ल र चिनियाँ नागरिकहरु टाङ जुटाओ, वु यियाओ, ली जेई र सेई जिमिङको मृत्यु भएको हो ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तीन मिनेटमै शिवपुरी जंगल कट्नासाथ हेलिकोप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको थियो ।
कैलाश मानसरोवरको तीर्थयात्रा सकेर रसुवाको स्याफ्रुबेसीमा आइपुगेका ५ भारतीय मूलका अमेरिकी नागरिकले गरेको चार्टर उडानका लागि क्याप्टेन मल्ल त्यहाँ जाँदै थिए । जहाजबाट भन्दा स्याफ्रुबेसी नाकाबाट सडकमार्ग हुँदै घर फर्किंदा चाँडो पुगिने भएकाले चार चिनियाँ नागरिक पनि यो हेलिकोप्टरमा थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्