१७ बैशाख २०८३, बिहीबार

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारदेखि शुरु

कोलोराडोखबर संवाददाता , August 7th, 2024

नेपाल । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबार शुरु हुँदैछ । बैठक पार्टी कार्यालय सानेपामा बैठक दिउँसो २ बजे शुरु हुनेछ ।

बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुने बताइएको छ। बैठकले उपसभापति र महामन्त्रीद्वयका राजनीतिक, सांगठनिक र समसामयिक प्रस्तावलाई संशोधनसहित पारित गर्नेछ ।

त्यसैगरी पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनबारे पनि केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने तय भएको छ । सरकार सञ्चालनसँगै पार्टीलाई तल्लो तहसम्म लग्न केन्द्रीय कार्यसमिति बैठक केन्द्रित हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्