२६ माघ २०८२, सोमबार

नेपालमा कक्षा १२ को नतिजा सार्वजनिक

कोलोराडोखबर संवाददाता , August 3rd, 2024

नेपाल । नेपालमा कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा सार्वजनिक गरिएको हो ।

कक्षा १२ को नियमिततर्फको नतिजामा एक लाख ८७ हजार २१ जना ननग्रेडिङ (एनजी) आएको छ ।

परीक्षामा सहभागी भएका नियमतितर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् ।

सार्वजनिक भएको नतिजामा ५२ प्रतिशत अर्थात २ लाख ३ हजा ८४७ जना विद्यार्थी उतीर्ण भएका छन् । ४८ प्रतिशत विद्यार्थीको एनजी आएको हो । त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेका छन् भने १०२ जनाको परीक्षा रद्ध भएको छ ।

यस्तै १‍‍.६१ देखि २ जीपीए ल्याउने विद्यार्थी १२ जना रहेका छन् । सबैभन्दा बढी बाग्मती प्रदेशमा एनजी आएको छ । ३८ हजार १४६ जनाको एनजी आएको हो ।

प्रतिक्रिया दिनुहोस्