३ फाल्गुन २०८२, आईतवार

नेकपा एमालेद्वारा प्रदेश इञ्चार्ज परिवर्तन, उपाध्यक्षमा गुरु बराल मनोनित

कोलोराडोखबर संवाददाता , August 2nd, 2024

नेपाल । सत्तारुढ पार्टी नेकपा एमालेले प्रदेशमा इन्चार्ज फेरेको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले इन्चार्ज फेरेको हो ।

नयाँ जिम्मेवारी पाउनेमा कोशी प्रदेशमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ र बागमतीमा डा।राजन भट्टराई रहेका छन् । त्यसैगरी गण्डकी प्रदेशमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ । अर्याल र भट्टबाहेक अरूलाई नयाँ जिम्मेवारी दिइएको हो ।

बैठकले १७ जना केन्द्रीय सदस्य पनि मनोनित सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी) र रामप्रित राम (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमल तिमल्सिना (अछाम), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बाग्लुङ) आशा जगेबु, पाँचथर, गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही) र इन्द्र भण्डारी (झापा) लाई मनोनित गरिएको हो ।

बैठकले मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनित गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनित गरेको छ । उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो । बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्