२६ माघ २०८२, सोमबार

केन्द्रीय सदस्य चयबारे निर्णय गर्न नेकपा एसमा कार्यदल गठन

कोलोराडोखबर संवाददाता , August 1st, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक साउन १८ गतेसम्मका निम्ति स्थगित भएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बसेको बैठकले तीन सदस्य कार्यदललाई गृहकार्य गरी केन्द्रीय कमिटी र केन्द्रीय आयोग गठनबारे प्राधिकार प्रदान गरेको छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाकाअनुसार पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको तीन सदस्य कार्यदल गठन गरिएको छ ।

अन्तिम गृहकार्य गरी साउन १८ गते बस्ने बैठकमा केन्द्रीय कमिटी र आयोगको बारेमा तीन सदस्यीय कार्यदलले नाम सिफारिस गर्नेछ । सोही बैठकमा केन्द्रीय कमिटी र केन्द्रीय आयोगको टुङ्गो लगाउने छ।

प्रतिक्रिया दिनुहोस्