२ फाल्गुन २०८२, शनिबार

बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त

कोलोराडोखबर संवाददाता , August 1st, 2024

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार तीन वटा प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेका छन् ।

बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसअघि बुधबार नै राष्ट्रपति पौडेलले बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारखलाई पदमुक्त पनि गरे ।

प्रदेश प्रमुखबाट पदमुक्त भएका शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् । उनीहरु तीनैजनालाई प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्