२४ माघ २०८२, शनिबार

नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै, मुख्य एजेण्डा के छ ?

कोलोराडोखबर संवाददाता , July 31st, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बुधबार बस्दैछ ।

यसअघि सोमबारका लागि तय गरिएको बैठक तयारी अपुगका कारण साउन १६ गतेका लागि सारिएको थियो ।

पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन् । हालै भएको महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई दोहोर्‍याएको थियो । साथै गत असार २१ गते ९३ सदस्यीय केन्द्रीय कमिटी छानेको थियो । केन्द्रीय समिति र पदाधिकारीमा धेरै नेताहरू आकांक्षी भएकाले टुंग्याउन सकस परेको छ।

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्