३० भाद्र २०८१, आईतवार

नेपालमा भूकम्प संगसंगै कसरी बाँच्ने ?, जय नेपाल फाउन्डेशनले गर्यो भर्चुअल सेमिनार

कोलोराडोखबर संवाददाता , December 4th, 2023

अमेरिका । जय नेपाल इन्टरनेशनल फाउन्डेसनले डिसेम्बर २ तारिकका दिन नेपालमा भूकम्प संगसंगै कसरी बाँच्ने ? अर्थात ‘लिबिङ विथ अर्थक्वेक इन नेपाल’ नामक भर्चुअल सेमिनार सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमबाट भूकम्प सम्बन्धी सचेतना उद्देश्यका लागि फलदायी भएको फाउण्डेशनका अध्यक्ष डा. यादव पण्डितले जानकारी दिनु भयो ।

सेमिनारमा डा. सुबोध ढकाल, डा. केशव शर्मा, डा. शिवा सुबेदी, डा. सतिश मानन्धरले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

सेमिनारमा पेनालिस्टको रूपमा कर्णाली प्रदेशका मन्त्री वेदराज सिंह, डा. राजु अधिकारी, मोतीबहादुर कुँवर, डा. मन्दिप सुबेदी, डा. राजेन्द्र श्रेष्ठ र जय नेपाल इन्टरनेशनल फाउनडेशनका अध्यक्ष डा. पण्डित रहनु भएको थियो ।

कार्यक्रम डा. नीरज श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्