नेपाल । नेपालको राजधानी काठमाडौंस्थित त्रिभुवन विमानस्थलमै सौर्य एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका १८ मध्ये १७ जनाको परिवारले शव बुझेका छन् ।
एक जना विदेशी नागरिकको शव बुझ्न भने अहिलेसम्म कोही आएका छैनन् ।
गत बुधबारमा त्रिभुवन विमानस्थल नजिकै सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा धेरैजसो सौर्य एयरलाइन्सकै कर्मचारी थिए । पाइलट मनिष शाक्यको भने जीवितै उद्दार भएको थियो ।
मृतकको शव पोस्टमार्टम गरेर शुक्रबार नै सकिए पनि परिवारका सदस्यहरुले बीमा, क्षतिपूर्ति र राहतको माग गर्दै शव नबुझ्ने अडान लिएका थिए । तर शनिबार ५ बजेसम्म सबै १७ जनाको परिवारले शव बुझेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्