कोलोराडो । नेपाली जनसम्पर्क समिति अमेरिका कोलोराडो च्याप्टरको आयोजनामा यही आइतबार ‘समर पिकनिक’ कार्यक्रम हुने भएको छ ।
जूलाई २८ तारिख आइतबारका दिन दिउँसो ४ बजेदेखि ७ः३० बजेसम्म Community Park Main St And W 2nd Ave, Broomfield, CO 80020 (Behind Broomfield Library) मा पिकनिक आयोजना गरिएको नेपाली जनसम्पर्क समितिका सभापति गणेश भण्डारीले जानकारी दिनु भयो ।
उक्त समर पिकनिकमा कोलोराडोवासी सम्पूर्ण नेपालीभाषी आमाबुबा, दाजुभाई, दिदीबहिनी, समाजसेवीहरुलाई निमन्त्रणा गरिएको छ । आपसी भेटघाट, समन्वय तथा सद्भाव अझ बलियो बनाई मनोरञ्जन लिनु हुन संस्थाका महासचिव ज्ञानेन्द्र पौडेलले अनुरोध गर्नु भयो ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्