३ फाल्गुन २०८२, आईतवार

प्रधानमन्त्री ओलीको सल्लाहकारमा रिमाल र खतिवडा नियुक्त

कोलोराडोखबर संवाददाता , July 19th, 2024

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त भएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

खतिवडा पूर्वगभर्नर हुँदै अर्थमन्त्री बनिसकेका व्यक्ति हुन् भने रिमाल यसअघि पनि ओलीको राजनीतिक सल्लाहकारका रुपमा रहेका थिए ।

त्यसैगरी प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य, सचिवालयमा दीपेन्द्र दाहाल, रामशरण बजगाईं र रोशनी मेचे नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्