नेपाल । सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बडाललाई राष्ट्रपति रामचन्द्र पौडेलले आज बुधबार नियुक्त गरेका हुन् ।
बडाललाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम नियुक्त गरिएको राष्ट्रपति पौडेलको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बडाल काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी हुन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्