नेपाल । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कीर्तिपुरको क्रिकेट मैदानलाई ३०० दिनभित्र सुविधासम्पन्न रंगशाला बनाउने घोषणा गरेको छ ।
सोमबार पदभार ग्रहणपछि ओलीले आफ्नो पहिलो निर्णय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
‘पहिलो निर्णय कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको’, केपी ओलीले सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्