२७ माघ २०८२, मंगलवार

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद, को को भए मन्त्री ?

कोलोराडोखबर संवाददाता , July 16th, 2024

नेपाल । सोमबार नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषदको गठन गरेका छन् । उनको मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरू छन् ।

मन्त्रिपरिषदमा कांग्रेस र एमाले सहित ४ वटा दलको प्रतिनिधित्व रहेको छ । कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपाबाट २ जना, लोसपाबाट १ जना मन्त्री बनेका छन् ।

ओली मन्त्रिपरिषद्मा दलितको प्रतिनिधित्व भने शुन्य छ, डा. आरजु राणा र विद्या भट्टराई गरी २ जना महिना मन्त्री छन् । लोसपाबाट मन्त्री बनेका शरतसिंह भण्डारीले२०औं पटक मन्त्री पद सम्हालेका हुन् ।

सपथ ग्रहण लगत्तै सबै मन्त्रीहरुले सोमबारबाट नै कार्यभार सम्हालेका छन् ।

नेपालको नयाँ मन्त्रीमण्डल
१‍. केपी शर्मा ओली, प्रधानमन्त्री
२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय
५. रमेश लेखक, गृह
६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार
७. आरजु राणा देउवा, परराष्ट्र
८. नवलकिशोर साह सुडी, महिला बालबालिका
९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद
१३. प्रदीप यादव, खानेपानी
१४. प्रदीप पौडेल, स्वास्थ्य
१५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला
१६. बद्रीप्रसाद पाण्डे, पर्यटन
१७. रामनाथ अधिकारी, कृषि
१८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि
१९. मानवीर राई, रक्षा
२०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा
२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य
२२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण

प्रतिक्रिया दिनुहोस्