नेपाल । शुक्रबार बिहान दुई वटा बस पहिरोले बगाएर त्रिशुलीमा बेपत्ता भएका छन् । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगाएको हो ।
शुक्रबार बिहान साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोले दुई वटा बस बगाएको खबर आएको छ ।
विरगन्जबाट काठमाडौं आउँदै गरेको विङ्गर बगाएको छ, त्यसमा अन्दाजी २२ यात्रु रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस पनि पहिरोले बगाएको छ । उक्त बसमा ४२ यात्रु रहेको अनुमान प्रहरीको छ ।
दुबै बसको खोजी कार्य जारी छ, पानी परेको र पहिरो झरेकाले उद्धारमा कठिनाई भइरहेको छ ।
यसैगरी, नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ ।
बुटवलबाट काठमाडौं जाँदै गरेको लु२ख ६५६६ नम्बरको बस चालक नवलपरासी सुनवल नगरपालिका ४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्